रुसले युक्रेनमा हमला गरेको एक महिना पूरा, युद्ध अझै लम्बिने संकेत

  • चैत १०, २०७८
  • कालापानी मिडिया
alt

रुसले छिमेकी देश युक्रेनमाथि सैन्य आक्रमण सुरू गरेको एक महिना पूरा भएको छ । गत फेब्रुअरी २४ तारिखमा रुसी सेना युक्रेनी सिमानाभित्र छिरेर आक्रमण सुरू गरेका थिए । रुसको तुलनामा निकै कमजोर ठानिएको युक्रेनमाथिको आक्रमण एक महिना बित्दा रुसका लागि महंगो पर्ने देखिएको छ ।

 रुसले युक्रेनमा हमला गरेको एक महिना बितिसक्दा युद्ध अन्त्य हुने कुनै संकेत छैन । बरु पश्चिमा देशहरुको सहयोगमा युक्रेन झन कठोर रुपमा लडिरहन प्रतिवद्ध देखिएको छ । एक महिनाको रुसी आक्रमणमा करीब ३५ लाख युक्रेनीहरु देश छाडेर युरोपमा शरणार्थी बन्न पुगेका छन् भने देशभित्रै विस्थापित हुने संख्या ६५ लाख नाघेको छ । आक्रमणबाट युक्रेनमा ठूलो क्षति पुगेको छ । थुप्रै युक्रेनी शहरहरु भग्नावशेषमा परिणत भएका छन् । विशेष गरी दक्षिणी शहर मारिउपलमा सवैभन्दा ठूलो क्षति पुगेको छ । युक्रेन भित्रका लगभग सवै आणविक भट्टीहरु रुसी सैनिकको कब्जामा पुगेका छन् ।

रुसी सेनाको ठूलो संख्या राजधानी किएभ नजिकै अड्डा जमाएर बसेको छ । तर युक्रेनी शैनिकले रुसी सेनालाई कीभ कब्जामा लिन दिएका छैनन् । त्यसो त खर्सोन शहर बाहेक अन्य शहर रुसी कब्जामा गएका छैनन् । युक्रेनी शैनीकले आफ्नो बलबुताले भ्याएसम्म रुषको सामना गरिरहेकै छ । युद्धमा युक्रेनका सयौं सैनिक मारिएका छन् भने हताहत हुने सर्वसाधारणको संख्या पनि उल्लेख्य छ ।

रुसी सेनातर्फ पनि उल्लेख्य क्षति पुगेको अनुमान गरिएको छ । यहिबेला युक्रेनका राष्ट्रपति जेलेन्स्कीले संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका छन् । रुसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने भन्दै राष्ट्रपति जेलेन्स्कीले सबै युक्रेनी जनताको अनि यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएकाले सबै देशका नागरिकलाई सडकमा उत्रन अपिल गरेका हुन् ।

उसो त अमेरिकासहित नाटो गठबन्धनका देशहरुले युक्रेनमा देखिने गरी सैनिक नपठाए पनि उनीहरुले गर्न सक्ने जति सहयोग गरिरहेका छन् । हातहतियारदेखि भाडाका सैनिक समेत उनीहरुले पठाईरहेका छन् भन्ने विश्लेषण गरिंदै छ । तर युद्ध अन्त्य हुने छाँट नदेखिईरहँदा रुसले युक्रेनमा के चाहेको छ भन्ने पनि उत्तिकै अन्योलको विषय बनेको छ । युद्ध कहिले र कसरी अन्त्य हुन्छ भन्ने अनुमान गर्न मुस्किल हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved