तीनै तहको निर्वाचनमा सत्ता गठबन्धन सँगै निर्वाचन लड्ने माओवादी अध्यक्ष दाहालको स्पष्टोक्ति

चितवन कांग्रेसले भनेर केही नहुने भन्दै स्थानीय तहको निर्वाचनमा पनि केन्द्रबाट नै गठबन्धन हुने दावी

  • चैत १०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन् । आज गृह जिल्ला चितवन पुग्नु भएका अध्यक्ष दाहालले भरतपुर विमानस्थलमा कुराकानी गर्दै तीनै तहको निर्वाचनमा गठबन्धन एक भएर निर्वाचन लड्ने बताएका हुन् ।

उनले निर्वाचनमा गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने भन्दै स्थानीय तहको निर्वाचनमा पनि केन्द्रबाट नै गठबन्धन हुने दावी गरे । निर्वाचनमा एक्लै लड्ने दाबीका साथ कार्यकर्तालाई निर्देशन दिँदै आएका दाहालले भने आज चितवनमा पुगेर गठबन्धनसंगै अगाडी बढ्ने धारणा राखेका हुन् ।

कांग्रेसका केही व्यक्ति एक्लै निर्वाचनमा जानुपर्ने पक्षमा रहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसो नभनेको भन्दै उनले सत्ता साझेदारहरु एक भएरै निर्वाचनमा जाने तर्क गरे । अध्यक्ष दाहाल आज आफ्नो निर्वाचन क्षेत्रमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

276042299_1111083276127056_5858829761666111616_n 276132382_1128570037985566_8479967822961322315_n 276142993_1001339217159492_7698268612026793309_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved