नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी

  • चैत ११, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको बताएका छन् । बेल्जियमको राजधानी ब्रसेल्समा भएको नेटो देशका राष्ट्रपतिहरुको बैठकपछि बाइडेनले रुसले युक्रेनमा गरेको नाजायज आक्रमणले नेटो देशहरुको गठबन्धनलाई थप बलियो र एकताबद्ध बन्न प्रेरित गरेको बताएको बीबीसीले जनाएको हो।

अमेरिकासहित युरोप र एसियाका केही देशले रुस र राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध लगाएका प्रतिबन्धमा अडिग रहनुपर्ने र रुसविरुद्ध बाँकी विश्व एकताबद्ध हुनुपर्ने पनि बताएका छन् । प्रतिबन्धले पुटिनलाई रोक्छ त ? भन्ने पत्रकारको जिज्ञासामा बाइडेनले भने, ‘सबैभन्दा महत्त्वपूर्ण विषय प्रतिबन्धको कार्यान्वयन र निरन्तरता हो, एक महिनापछि रुस आफ्नो कदमबाट पछि हट्न बाध्य हुनेछ ।’ रुसले आणविक हतियारको प्रयोग गरेमा अमेरिकाले त्यसको उचित जवाफ दिने बाइडेनले चेतावनी पनि दिए ।

नेटोमा अहिले ३० वटा देश पुगिसकेका छन्, हिजोको बैठकले रुसको प्रभाव रोक्न युक्रेनलाई थप सहयोग गर्ने र पूर्वी युरोपमा थप सेना तैनाथ गर्ने निर्णय गरेको छ । यसैबीच, रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेनलाई समर्थन र सहयोग जारी राख्ने र बढाउने नेटो गठबन्धनको निर्णयले द्वन्द्व चलिरहोस् भन्ने देखाएको बताए । युक्रेनलाई सशस्त्र बनाउने र थप सहयोग गर्ने पश्चिमाहरुको निर्णयले तत्कालै युद्ध रोकिने सम्भावना नरहेको विदेशमन्त्री लाभरोभले बताएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved