निर्वाचनमा जाने नीति पास गर्न विप्लवलाई कठिन

  • चैत ११, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । स्थानीय तहको निर्वाचन लड्नुपर्ने पार्टी नीति बनाउन चाहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव अप्ठ्यारोमा परेका छन् । केन्द्रीय समिति बैठकमा विप्लवले पेस गरेको राजनीतिक प्रस्तावमा केन्द्रीय सदस्य विभाजित देखिएका छन् । यथास्थितिमा निर्वाचनमा भाग लिन नहुने बहुमत सदस्यको मत छ ।

गत शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा जारी बैठकमा बिहीबार राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकिएको सचिवालय सदस्य हेमन्तप्रकाश ओलीले जानकारी दिए । ‘बैठकमा उठेका विषयबारे महासचिवले आज शुक्रबार आफ्नो मन्तव्य राख्ने कार्यक्रम छ । त्यसपछि पुनः सचिवालय बस्नेछ,’ उनले भने । विप्लवले स्थानीय निर्वाचनलाई उपयोग गर्ने, अमेरिकी सहयोग परियोजना एसिसी र पार्टीको महाधिवेशनलाई समेटेर प्रस्ताव पेस गरेका थिए । एमसिसीको विरोधमा देशव्यापी मोर्चा बनाएर जानुपर्ने धारणा धेरैको छ । महाधिवेशन छिटो गर्नुपर्नेमा उनीहरूको जोड छ ।
बैठकमा ६८ जना केन्द्रीय सदस्यसहित, चारजना सचिवालय सदस्य र चारजना सल्लाहकारले राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका छन् । सचिवालयका सदस्यहरूले बैठकको सुरुवातमै आफ्नो धारणा राखेका थिए । सचिवालयका खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगरले निर्वाचनमा सहभागी हुनुपर्ने विप्लवको प्रस्तावमा समर्थन जनाएका छन् भने हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोल बहिष्कारको लाइनमा छन् ।

६८ जना केन्द्रीय सदस्य, सचिवालयका चारजना र चारजना सल्लाहकारमध्ये महासचिव विप्लवले पेस गरेको राजनीतिक प्रस्तावको विपक्षमा ४० जनाले धारणा राखेका छन् भने २८ जनाले उनको प्रस्तावमा समर्थन गरेका छन् । आठजनाले भने पार्टीलाई मिलाएर लैजानुपर्ने धारणा राखेका छन् ।

सल्लाहकार समितिका तीनजनाले पनि निर्वाचनमा सहभागी हुन नहुने धारणा राखेको जनाइएको छ । सल्लाहकार समितिमा असारे काका, चित्रबहादुर आले, दीर्घ पाण्डे, शंकर खड्का र हेम खतिवडा निर्वाचनमा जान नहुने पक्षमा छन् । बैठकमा केन्द्रीय सदस्य वसन्त श्रेष्ठले निर्वाचनमा सहभागी भएर क्रान्तिको झन्डा बोकिरहने ग्यारेन्टी के छ ? भन्दै प्रश्न गरेको श्रोतको भनाई छ । निर्वाचनलाई उपयोग गर्ने भन्दै निर्वाचनमा गएका पार्टीहरू त्यहीँ भुलेका छन् । हामी त्यहाँबाट उम्किएर फर्किन्छौँ भन्ने ग्यारेन्टी के छ ? भन्ने प्रश्न उठेको छ ।’ बैठकमा नेतृत्व केन्द्रीकरणको विषयमा समेत प्रश्न उठेको छ । बैठकमा धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले केन्द्रीकरण गर्दा पार्टीमा जनवादको गलत अभ्यास हुन लागेको भन्दै प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved