कांग्रेसले आज स्थानीय तह निर्वाचनमा तालमेल गर्ने वा नगर्ने बारे टुंगो लगाउने

  • चैत १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे आज निर्णय गर्ने भएको छ।

केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा धारणा राख्ने नेताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्नेमा जोड दिएका छन्। आज विहान साढे ११ बजे बस्ने बैठकले गठबन्धन गर्ने वा नगर्ने बारे टुंगो लगाउने प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए। यसअघि पहिलो दिन गत शुक्रबारको बैठकमा छ प्रदेशका सभापतिसहित २७ जनाले आफ्नो धारणा राखेका थिए। केन्द्रीय सदस्य चुनावी गठबन्धन गर्ने र नगर्ने पक्षमा विभाजित छन्।

आइतबारको बैठकमा केन्द्रीय सदस्यहरु एनपी साउद, जीवनबहादुर शाही, दीपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, सरिता प्रसाईं, अमृत अर्याल, डा गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, धु्रव वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर केसी र उमेशजङ्ग रायमाझीले आ–आफ्नो धारणा राखेको थिए।

यसैगरी बैठकमा केन्द्रीय सदस्यहरु अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजङ्ग बस्नेत, राजीव ढुङ्गाना, राजेन्द्रकुमार केसी, अर्जुनजङ्गबहादुर सिंह, राजीवविक्रम शाह, डा चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मीकि, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, रङ्गमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सेजुवाल, गङ्गालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, सुशीला ढकाल ९आचार्य०, रुपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले पनि आफ्नो धारणा राखेका थिए।

स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार सुरु भएको हो।

चुनावी गठबन्धनलाई लिएर कांग्रेसमा स्पष्ट दुई धार छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आबद्ध दलसँग तालमेल गरेर चुनावमा जाने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। तर संस्थापन इतर समूहका नेताहरु भने चुनावी तालमेलको विपक्षमा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved