बहुमत नजुटेपछि विप्लव निर्वाचनमा जाने प्रस्ताबाट पछि हटे, पार्टी विभाजन हुनबाट जोगियो

  • चैत १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जारी केन्द्रीय समिति बैठकमा महासचिव विप्लवको निर्वाचनमा जाने प्रस्तावमा बहुमत नजुटेपछि उक्त प्रस्तावबाट पछि हटेका हुन् । पार्टी निर्वाचनमा नजाने तर स्थानीय तहमा स्वातन्त्र उम्मेदवारी दिने नेता कार्यकर्तालाई नरोक्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

कपिलबस्तुमा नौ दिनदेखि जारी बैठकमा निर्वाचनमा सहभागी हुने प्रस्तावमा बहुमत जुटाउन महासचिव विप्लवले दुई दिनसम्म केन्द्रीय सदस्यसँग वान टू वान छलफल गरेका थिए । तर, निर्वाचनमा सहभागी हुने प्रस्तावका पक्षमा बहुमत जुटाउन नसकेपछि विप्लवले पछि हट्दै मध्यमार्गी बाटो अपनाएका हुन् ।

आइबार दिउँसो बसेको बैठकमा विप्लवले जवाफ दिँदै पार्टी निर्वाचनमा नजाने, जनमत संग्रहको नारालाई लिएर जनतामा जाने तर स्थानीय स्तरमा नेता कार्यकर्तालाई स्वातन्त्र उम्मेदवारी दिन भने नरोक्ने जवाफ दिएका थिए । ‘महासचिव कमरेडले बैठकमा बहुमतको कदर गर्दै मध्यमार्गी प्रस्ताव ल्याउनुभयो । हामीले अब पार्टी चुनावमा सहभागी नहुने भएको छ । चुनाव उपयोग गर्ने बुँदालाई हटाएर राजनीतिक प्रस्ताव पारित गरेका छौं ।’ एक केन्द्रीय सदस्यले भने ।

पार्टी विभाजनलाई रोक्न यो उपाय सही भएपनि न बहिस्कार न उपयोगको नीतिले झन अन्यौलता ल्याउने उनले बताए । ‘शसक्त बहिस्कार पनि नगर्ने र उपयोग पनि नगर्ने तर उम्मेदवारी दिनेलाई स्वतन्त्रता दिनाले पार्टीमा अन्यौलता र अराजकता ल्याउन सक्छ तर पार्टी विभाजन हुनबाट जोगिएको छ ।’ निर्वाचन बहिस्कारको योजना महासचिव विप्लव र प्रवक्ता प्रकाण्डकै कारण आउन नसकेको अधिकांस नेताहरुको छ । सचिवलय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले चुनाव बहिस्कार गरेर जाउँ भन्दा पनि महासचिव र प्रवक्ता तयार नभएपछि मध्यमार्गी बाटो अपनाइएको नेताहरुको भनार्ए छ ।

पार्टीलाई विभाजनबाट बचाउन भन्दै सचिवालय सदस्य बास्तोलाले यो मध्यमार्गी प्रस्ताव अगाडि सारेको एक नेताले जानकारी दिए । अब नेकपाका केही नेता निर्वाचनको बेला जनमत संग्रहको पक्षमा सामना परिवारसहित सांस्कृतिक कार्यक्रम गर्ने र केही नेता भने उम्मेदवार बन्नेछन् ।

महासचिव विप्लव आफ्नो अडानबाट पछि हटेपछि तत्कालको लागि विप्लव नेकपा विभाजन हुनबाट जोगिएको छ । बैठक भने जारी छ । बैठक आजबाट सांगठानिक विषयमा प्रवेश गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved