तटस्थ युक्रेनको रुसी शर्त स्वीकार्न युक्रेनी राष्ट्रपति जेलेन्स्की तयार

  • चैत १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की तटस्थ युक्रेन सम्बन्धि रुसको माग स्वीकार गर्न तयार हुनुभएको छ ।
रुसको एक स्वतन्त्र पत्रिकालाई अन्तर्वार्ता दिंदै जेलेन्स्कीले युक्रेन स्वीजरल्याण्ड झैं तटस्थ देशको रुपमा रहनुपर्ने मागमा छलफल गर्न आफू तयार रहेको बताउनुभएको हो । तर उक्त भूमिका स्वीकार्दा युक्रेनको सार्वभौमिकता अक्षुण रहने प्रत्याभूति तेस्रो शक्तिले दिनुपर्ने शर्त पनि उहाँले राख्नुभएको छ ।

रुस र युक्रेनबीच यसै साता टर्कीमा अर्को चरणको वार्ता गर्न तयारी भईरहेको बेला युक्रेनी राष्ट्रपतिबाट यस्तो कुरा आएको हो ।

रुसले युक्रेन कुनै पनि सैन्य गठबन्धनमा संलग्न हुन नहुने र उसको भूमिका स्वीजरल्याण्डको जस्तो हुनुपर्ने शर्त राख्ने गरेको छ ।

उता, युक्रेनी सेनाका गुप्तचर प्रमुखले रुसले युक्रेनलाई दुई भागमा बाँड्न चाहेको आरोप लगाउनु भएको छ । गुप्तचर प्रमुख किरिलो वूडानोभले रुसले युक्रेनलाई उत्तर र दक्षिण कोरियाको मोडलमा विभाजन गर्न खोजेको आरोप लगाउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved