राप्रपाबाट निर्वाचित हल्दिबारीका अध्यक्ष लिङ्देनले सरकारी सवारी साधन फिर्ता गर्दै

  • चैत २१, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपाले जितेको झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले सरकारी सवारी साधन फिर्ता गर्ने निर्णय गरेका छन् । निर्वाचनको मुखमा सरकारी सवारी साधन र जनताले तिरेको करको दुरुपयोग नहोस् भनेर आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन फिर्ता गर्ने निर्णय गरेको अध्यक्ष लिङदेनले जानकारी दिएका हुन् ।

उनले निर्वाचन आउनु एक महिना अघिनै सरकारी सवारी साधन प्रयोग नगर्दा इन्धनको पनि बचत हुने र त्यसले सरकारलाई फाइदा पुग्ने समेत बताए । सबै जनप्रतिनिधिले निर्वाचन आउनु अघि सरकारी साधन प्रयोग नगरेको खण्डमा राष्ट्रको करोडौं रुपैयाँको इन्धन जोगिने अध्यक्ष लिङदेनको भनाई छ । अरु जनप्रतिनिधिले पनि यसलाई आत्मसाथ गरुन भनेर आफूले सवारी साधन फिर्ता गरेर त्यसको शुरुवात गरेको उनको भनाई छ ।

“पार्टीको काममा गाउँ गाउँ जानु पर्ने हुन्छ त्यसमा सरकारी सवारी साधन प्रयोग गर्दा धेरै तेल खर्च हुन्छ त्यसकारण मैले सरकारी सम्पत्ति दुरुपयोग नहोस भनेर गाडी फिर्ताको निर्णय गरे” लिङदेनले भने, आसन्न स्थानीय तह निर्वाचनमा पुनः सोही गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बन्ने तयारी रहेको बताए । स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते हुँदैछ । गाडी फिर्ता गर्ने गाउँपालिकाका अध्यक्ष लिङदेन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका सहोदर भाइ हुन् ।

उनले आफुले जितेको गाउँपालिकामा राम्रो काम गरेको स्थानीयको भनाई छ । स्थानीयको नजरमा विकास प्रेमी नेता भनेर आफ्नो छवी बनाउन सफल उनि जनताको सुख दुख बुझ्न जनतासंगै बढि समय विताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved