रूसद्वारा आफूलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा दिन रोक

  • चैत २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । रूसले मस्कोका नजरमा ‘मैत्रीपूर्ण’ ठहर नभएका मुलुकहरूका नागरिकलाई भिसा जारी नगर्ने आदेशपत्रमा हस्ताक्षर गरेको छ। युक्रेनमा आक्रमण गरेको निहुँमा रूसमाथि अमेरिका, क्यानाडा र बेलायतलगायत युरोपेली मुलुकहरूले आर्थिक प्रतिबन्ध लगाएको प्रत्युत्तरमा रूसले उक्त कदम चालेको हो।

उक्त आदेशपत्र सोमवारदेखि नै लागू भएको छ। आदेशपत्रअनुसार रूसले नर्वे, स्विट्जरल्यान्ड, डेनमार्क र आइसल्यान्डलगायत केही युरोपेली राष्ट्रका नागरिकलाई भिसा जारी नगर्ने भएको छ। साथै‚ यस आदेशपत्रले रूसी विदेश मन्त्रालयलाई रूसविरुद्ध शत्रुतापूर्ण व्यवहार गर्ने विदेशी व्यक्ति विशेष तथा त्यस्ता मुलुकका कानुनी निकायहरूलाई रूस प्रवेश गर्नबाट रोक्न निर्देशन दिएको समारचार संस्था रोयर्टसले उल्लेख गरेको छ।

गत महिना रूसी सरकारले मैत्रीपर्णू नरहेका मुलुकहरूको सूची सार्वजनिक गरेको थियो। त्यसमा अमेरिका, क्यानडा, बेलायत, युरोपेली संघका मुलुकहरू र युक्रेन लगायतका राष्ट्र रहेका थिए। रूसले २४ फ्रेब्रुअरीदेखि युक्रेनमा आक्रमण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved