रूस इस्लामिक स्टेट जस्तो आतंकवादी संगठन हो-युक्रेन

  • चैत २३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा रूसले भयानक अत्याचार गरेको बताएका छन्। संयुक्त राष्ट्र सुरक्षा परिषद्‍लाई सम्बोधन गर्ने क्रममा उनले रूस ‘इस्लामिक स्टेट’जस्तो आतंकवादी संगठन भएको समेत आरोप लगाए।

पछिल्ला दिनमा कीभको बाहिरी इलाकाबाट फिर्ता हुनुअघि बुचा र अन्य सहरहरूमा रूसी सेनाले नागरिकहरूको हत्या गरेको देखिएका कारुणिक तस्बिरहरूले विश्वव्यापी आक्रोश मच्चाएको राष्ट्रपति जेलेन्स्कीले बताए। उनले युक्रेनमा रूसको आक्रमणपछि पहिलो पटक सुरक्षा परिषद्लाई सम्बोधन गर्दै सुरक्षा परिषद्माथि प्रश्नसमेत गरेका छन्।

उनले भने‚ ‘सुरक्षा परिषद्ले दिनुपर्ने सुरक्षा कहाँ छ ?  त्यो शान्ति कहाँ छ ?’

आइतबार कीभ नजिकैको बुचा सहर नजिक ५७ जनाको शव गाडिएको सामूहिक चिहान भेटिएको थियो। बुचा शहरमा ३०० भन्दा बढी नागरिकलाई मारिएको र यातना दिएको समाचार सार्वजनिक भएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved