आईपीएल क्रिकेटमा बेङ्ग्लोरको तेस्रो जित, मुम्बई ७ विकेटले पराजित

  • चैत २७, २०७८
  • कालापानी मिडिया
alt

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले तेस्रो जित निकालेको छ।

पुणेमा गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै बेङ्ग्लोरले तेस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ५२ रनको लक्ष्य बेङ्ग्लोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो । बेङ्ग्लोरका अनुज रावतले ६६ रनको अर्धशतकीय पारी खेले ।

यस्तै विराट कोहलीले ४८ रन बनाए। मुम्बईका जयदेव उनाकड र डेवाल्ड ब्रेभिसले एकरएक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । मुम्बईका सूर्यकुमार यादवले ६८ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

बेङ्ग्लोरका हर्सल पटेल र वानिन्दु हसरङ्गा डी सिल्भाले दुईरदुई विकेट लिए । जितसँगै बेङ्ग्लोरले ४ खेलमा ६ अङ्क जोडेको छ । बेङ्ग्लोर तेस्रो स्थानमा छ । मुम्बईको यो लगातार चौथो हार हो । मुम्बईले ४ खेलमा अङ्क जोड्न सकेको छैन। हिजो भएको पहिलो खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved