दमकको मेयरमा राप्रपाबाट राम थापाको उम्मेदवारी घोषणा, अध्यक्ष लिङ्देनद्वारा बिजयको शुभकामना

  • चैत २७, २०७८
  • कालापानी मिडिया
alt

राप्रपाले आगामी स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ । राप्रपाले आगामी स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ । झापाको क्षेत्र नं ३ मा राप्रपाले प्रतिनिधि सभाको निर्वाचन जितेको छ, सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका हुन् ।

राप्रपाको प्रदेश-१ को संसदमा पनि प्रतिनिधित्व रहेको छ भने झापामै गत निर्वाचनमा कचनकवल, हल्दिबारी र गौरीगञ्ज गाउँपालिकामा राप्रपाले बिजय प्राप्त गरेको थियो । दमकमा शनिबार आयोजित आमसभामा एक हजार भन्दा बढी व्यक्ति राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै मेयर पदमा उमेदवारी घोषणा गरेका थापालाई बिजयको शुभकामना दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा राप्रपाले शनिबार शक्ति प्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved