कमल थापा नेर्तत्वको राप्रपा नेपालको घोषणापत्र सार्वजनिक

  • चैत २८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । कमला थापाले पुनर्गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक गरेको छ।

तीर चिन्ह लिएर निर्वाचनमा गएको यस पार्टीले स्थानीय निर्वाचनका लागि मुख्य तीन क्षेत्रहरुलाई प्राथमिकतामा राखी घोषणापत्रमा सार्वजनिक गरेको हो।

मूल कार्यक्रम, जनता केन्द्रित बिशेष कार्यक्रम र क्षेत्रगत विकास नीति तथा कार्यक्रम गरी तीन पक्षलाई घोषणा पत्रले समेटेको छ। मूल कार्यक्रम अन्तर्गत राष्ट्रियता, सनातन धर्म, सुशासन, अर्थतन्त्रको विकास, पूँजी निर्माण र गरिबी न्यूनीकरण जस्ता विषयहरु समेटिएका छन्। यी कार्यक्रम अन्तर्गत पृथ्वीनारायण शाहको तस्वीर गाउँ तथा नगरपालिकामा अनिवार्य रुपमा राख्ने ब्यवस्था गर्ने, गौहत्या पूर्णरुपमा बन्द गर्ने र स्थानीय तहमा गौशालाहरू निर्माण गर्ने जस्ता विषयहरु उल्लेख गरिएका छन्।

त्यस्तै स्थानीय तहलाई भ्रष्टाचारमुक्त बनाउने, सूचनाको पहुँच बढाउने र आर्थिक विकास गर्ने जस्ता विषयहरु पनि छन्। साथै १० बर्षभित्र गरिबी न्यूनीकरण गरिसक्ने जस्ता प्रतिबद्धताहरू पनि समेटिएका छन्।

जनता केन्द्रित विशेष कार्यक्रम अन्तर्गत बिजुली बत्तीको महशुलमा ५० प्रतिशत छुट दिइने, ‘एक परिवार, एक रोजगार’ कार्यक्रम, र ‘एक गाउँ“, एक उत्पादन’ अभियान जस्ता कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

क्षेत्रगत विकास नीति तथा कार्यक्रम अन्तर्गत निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्ने, तराई मधेसको समुत्थान गर्ने जस्ता विषयहरु समेटिएका छन्।

त्यस्तै आदिवासी, जनजाति, उत्पीडित, मुस्लिम समुदाय तथा दुर्गम क्षेत्रको उत्थान गर्ने, बालबालिका तथा युवा लक्षित विकास कार्यक्रम ल्याउने र भाषा, साहित्य, कला, संस्कृति, खेलकूद तथा चलचित्र लगायतका क्षेत्रमा योजनाबद्ध कार्यक्रम ल्याइने घोषणापत्रमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved