देशलाई सिंगापुर बनाउँछु भन्नेहरुले अहिले आफूलाई भोट नदिए देश श्रीलंका हुन्छ भन्दै धम्क्याए -रेखा थापा

  • चैत ३०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्रृ तथा नायिका रेखा थापाले राप्रपाबाहेक सबै दल विदेशीको दलाल भएको आरोप लगाएकी छन्। मंगलबार वीरगञ्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेतृ थापाले अन्य दलहरुले देश बेचेर खाइसकेको आरोप लगाउदै उनीहरुको फन्दामा नपर्न जनतालाई आग्रह गरेकी हुन् ।

विदेशीसामु लम्पसार पर्ने त्यस्ता दलहरुलाई जनताले अझै किन विश्वास गरिरहेका छन् भन्ने आफूले बुझ्न नसकेको भन्दै उनले अवको निर्वाचनमा यस्तो भुल नगर्न पनि सुझाईन।

उनले भनीन, मैले भन्नु पर्दा, ‘यिनीहरु सबै विदेशी दलालहरु हुन्, हुन त यो भाषा एकदमै असभ्य लाग्ला,’ अन्य दलहरुप्रति लक्षित गर्दै उनले भनिन्, ‘तर मैले देख्दा विदेशीसँग लम्पसार पर्ने यी दलहरुप्रति तपाईंहरु किन विश्वास गर्नुहुन्छ ? नेपाली जनताले किन विश्वास गर्‍या छन् मैले बुझ्या छैन।’ विदेशीको विचार बोकेर हिँड्ने पार्टीहरुले देशको रक्षा गर्न नसक्ने थापाको भनाइ थियो। राप्रपा देशको मौलिक पार्टी भएकोले आफूले राप्रपा रोजेको उनले बताइन्।

नेतृ थापाले धेरै दलहरुले मधेसका जनतालाई झुक्याएको आरोप पनि लगाइन्। देशलाई स्वीट्जरल्याण्ड, सिंगापुर बनाउँछु भन्नेहरुले अहिले आफूलाई भोट नदिए देश श्रीलंका हुन्छ भनेर धम्क्याइरहेको थापाले बताइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved