अर्थहीन परिवर्तन र रुपान्तरणको प्रकृयाले नेपाली जनतामा नैरास्यता छायो-राजा ज्ञानेन्द्र

नेपाललाई शान्तिभूमि बनाउन आह्वान

  • चैत ३०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले अर्थहीन परिवर्तन र रुपान्तरणको प्रकृयाले नेपाली जनतामा नैरास्यता छाएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । नयाँ बर्ष २०७९ को उपलक्ष्यमा शुभकामना सन्देश दिनुहुँदै शाहले चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नु भएको हो ।

उहाँले देशको वर्तमान अवस्थाप्रति इंकित गर्दै भन्नु भएको छ, वर्ष बदलिंदा हर्ष पनि बढ्नु पर्ने भएपनि भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर बृद्धि पनि हुनु पर्दछ ,। उहाँले नेपालको अस्मितामाथी आँच आउने गरी कसैसंग नजिक र कैसंग दूरभाव राख्ने मार्गतर्फ देशलाई डो¥याउनु आत्महिनताको विषय भएको उल्लेख गर्नु भएको छ । सबै राष्ट्र, सबै समुदाय मिलेर जानुपर्ने बताउँदै राजा शाहले कतै अशान्ति नहोस् र कोही कसैमा विभाजन, विभेद नरहोस् भन्ने सन्देश पनि दिनु भएको छ ।

छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्वन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित नगर्ने बरु मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितामा समेत प्रभाव पर्ने भन्दै शाहले हामी सबैले सदैव चनाखो हुनुपर्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।

हेर्नुस राजा शाहको संन्देश जस्ताको तस्तै

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट
नयाँ बर्ष २०७९ को उपलक्ष्यमा बक्सेको सन्देश

नेपाली दिदी बहिनी तथा दाजुभाइहरु,

बिक्रम संवत् २०७८ लाई अतीत र इतिहासको पानामा पल्टाउंदै हामी नयाँ बर्ष २०७९ को बर्तमानमा आई पुगेका छौं । नयां वर्षको प्रारम्भमा हामी हाम्रा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहे बसेका सबै नेपालीहरुलाई संझेर सुख, शान्ति तथा समुन्नतिको कामना गर्दछौं ।

वर्ष बदलिंदा हाम्रो हर्ष पनि बढ्नु पर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर बृद्धि पनि हुनु पर्दछ । तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन । चिन्ताको विषय हाम्रो यो हो । प्यारो मातृभूमि नेपाल “त्रिपक्षीय महाशक्तिहरुबीचको शिखर आभूषण” को रुपमा रहेतापनि, आफ्नै भू बनोट, सामाजिक संरचना, गौरवपूर्ण इतिहास, मौलिक मूल्य मान्यता तथा परम्पराले गौरवान्दित रही आएको छ ।

सबै राष्ट्र, सबै समुदाय मिलेर रहुन्, कतै अशान्ति नहोस् र कोही कसैमा विभाजन, विभेद नरहोस् भन्ने हाम्रो मान्यता हो । छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्वन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई संझेर हामी सदैव चनाखो हुनुपर्दछ । यही भावनालाई आत्मसाथ गदर्,ै नेपाल शान्ति भूमि बन्न सकोस् भन्ने आकांक्षा हामीले राखेका हौं । तर आज नेपाल कोहीसंग कतै टांसिएर कसैप्रतिको दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने जुन धारणा उत्पन्न भएको छ त्यो आफैमा आत्महिनताको विषय बन्न गएको छ ।

हाम्रो अर्थविद्हरु तथा उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता गरिरहेका छन् । नेपालीको घर घरमा बढ्दो महंगी र थपिदों आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको दुखेसो छ ।

नेपाली सबैको भलो होस् सबै नेपालीको सपना साकार होस् र प्रत्येक प्रयाश उपलव्धिमा परिणत होस् यही हाम्रो अभिलासा हो ।

श्री पशुपतिनाथले विश्वमानव जगतको कल्याण गरुन् ।
जय नेपाल
२०७९ साल बैशाख १ गते

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved