एमालेले मुगुका चारै तहमा टुंग्गायो प्रमुख र उपप्रमुखका उम्मेदवार

  • वैशाख १०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेले उम्मेदवारको टुंगो लगाएको छ।

जिल्लाका एक नगरपालिका र ३ वटा गाउँपालिकाका लागि एमालेको तर्फबाट उम्मेदवार बन्ने पालिका प्रमुख र उपप्रमुखको नाम एमालेले शुक्रबार टुंगो लगाएको हो।

एमालेले छायानाथ रारा नगरपालिको प्रमुखका लागि डम्बरबहादुर रावल र उपप्रमुखका लागि टोमा लामाको नाम टुंग्याएको नेकपा एमालेले जनाएको छ।
सोरु गाउँपालिका अध्यक्षमा डिल्लीप्रसाद भट्ट र उपाध्यक्षमा डिलकली शाहीलाई उम्मेदवार बनाइएको छ। खत्याड गाउँपालिका अध्यक्षमा लालबहादुर मल्ल, उपाध्यक्षमा कविता गिरी र मुगुम कार्मारोङ गाउँपालिका अध्यक्षमा सोनाम लामा र उपाध्यक्षमा छिरिङ फुटिक लामालाई उम्मेदवार बनाइएको छ।

घोषित उम्मेदवारमध्ये नगरप्रमुखका उम्मेदवार रावल २०७४ को स्थानीय निर्वाचनमा छायानाथ रारा नगरपालिका–५ का वडाध्यक्ष निर्वाचित भएका थिए।

एमालले पालिका प्रमुख र उपप्रमुखका उम्मेदवार टुंग्याए पनि ४५ वडाका अध्यक्ष र सदस्यको टुंगो लगाउन सकेको छैन। सत्ता गठबन्धनले टुंग्याएपछि आफ्नो उम्मेदवार सार्वजनिक गर्ने योजनामा एमाले रहेको छ।

यता सत्ता गठबन्धन दलहरूले साझा उम्मेदवार चयन गर्न सकेका छैनन्। दैनिकजसो बैठक बसे पनि गठबन्धन गरेर जाने कि एक्लाएक्लै उठ्ने भन्ने निष्कर्षमा नपुग्दा दलहरूले वडादेखि पालिकासम्म उम्मेदवार छनोट गर्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved