राप्रपाबाट पोखराको मेयरमा शङ्कर खराल र उपमेयरमा रञ्जना सेन पौडेलको उम्मेदवारी

  • वैशाख १०, २०७९
  • कालापानी मिडिया
alt

कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले पोखरा महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुङ्गो लगाएको छ । पोखराको मेयरको उम्मेदवार शङ्कर खराल र उपमेयरमा रञ्जना सेन पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

खराल विश्व हिन्दु महासङ्घका उपाध्यक्ष र गण्डकी प्रदेशका अध्यक्ष हुनुहुन्छ । साथै उहाँ ब्राम्हण समाज नेपालका केन्द्रीय सदस्य, पूजा व्यवसायी समितिका अध्यक्ष पनि हुनुहुन्छ । खराल दुई महिनाअघि मात्रै राप्रपामा प्रवेश गर्नुभएको थियो ।

महानगरपालिकाहरूका मेयरहरू सम्बन्धित समितिहरूले लागू गरेको सिफारिसको आधारमा उम्मेदवार बनाउने निर्णय केन्द्रले गरेको हो ।

अघिल्लो निर्वाचनमा राप्रपाले पोखराको मेयरमा २ हजार २ सय ७२ मत प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved