राप्रपाले टुंग्यायो ४ महानगरका उमेदवार, पत्रकारदेखी कलाकार सम्मको उमेदवारी

  • वैशाख १०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपाले ६ मध्ये ४ महानगरपालिका र नगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौंमा कलाकार मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगन्जमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराल मेयर पदको उमेदवार तय भएका छन्।

गिरीका पिता गोपाल गिरी वीरगन्ज नगरपालिकाका मेयर थिए। चन्दा नदिएको अभियोगमा माओवादी कार्यकर्ताले उनको हत्या गरेको थियो। राप्रपाले उपमेयरहरूको पनि टुंगो लगाएको छ। जसअनुसार विनिता मगैया काठमाडौं, स्वर्णिमा शाक्य ललितपुर, बिना जयसवाल वीरगन्ज, रञ्जना सेन पोखरा छन्।

बाँकी २ महानगरको चाँडै टुंगो लगाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

दलहरू यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज वा भोलिसम्ममा उमेदवार टुंगो लगाउनैपर्ने दबाबमा छन् । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उमेदवारको मनोनयनपत्र दर्ताका लागि समय निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved