नेपालगञ्जमा आचारसंहिताविपरीतका  प्रचार सामग्री हटाइयो

  • वैशाख ११, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका आचारसंहिताविपरीतका प्रचार सामग्री हटाइएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएका हुन् ।

यसअघि सो समितिले आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउन सचेत गराएको थियो । नेपालगञ्जको त्रिभुवनचोक, सदरलाइन, बागेश्वरी मन्दिर लाइनलगायतका क्षेत्रमा रहेका डिजिटल, बोर्ड, फ्लेक्स बोर्ड, झण्डा, ब्यानर प्रहरीले हटाएको हो । निर्वाचन आचारसंहिता २०७८ मा उम्मेदवारको कार्यालयमा तुल (कपडा)मा बनाइएको ३४३ फिटको दलको झण्डा, त्यही नापको चुनाव चिह्नबाहेक दलको प्रचार–प्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स बोर्डलगायतका श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जिल्लामा भएका अन्य निर्वाचन आचारसंहिताविपरीतका कार्य रोक्न अन्य निर्वाचन अधिकृतको कार्यालयलाई पनि जानकारी गराएको बताए । यसैबीच बाँकेमा स्थानीय तह निर्वाचनका लागि मनोनयनको सबै तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयमा सबै सामग्री पुगिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved