यौन दुराचारीलाई कारवाही गर्नुको सट्टा पुरस्कृत गर्दै एमाले-महिला अधिकारकर्मी

  • वैशाख १३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेले महिलामाथि अपमान गरेको महिलाहरुले बताएका छन् । आगामी बैसाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको लागि नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुख पद मेयरमा पूर्वप्रदेश मन्त्री तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितलाई उमेदवार बनाएपछि महिलाहरुले आपत्ति जनाएका हुन् ।

स्थापितले मेयर भएको बेला दुई जना महिलालाई लगातार यौन दुव्र्यवहार गरेको भनेर महिला अधिकारकर्मीहरुले आन्दोलन समेत चलाएको सन्दर्भमा एमालेले तीनै यौन दुराचारीलाई मेयरको टिकट दिएको भन्दै सामाजिक सञ्जाल र मिडियाहरुमा समाचार आइरहेको छ ।

स्थापितमाथि महानगरकी पूर्वकर्मचारी तथा पत्रकार रश्मिला प्रजापति र उज्जला महर्जनले यौन दुव्र्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए ।

मि टु अभियानका क्रममा उनीहरुले आफूहरुमाथि स्थापितले दुव्र्यवहार गरेको घटना बाहिर ल्याएका थिए । त्यस बारेमा नेपालका विभिन्न मिडियामा उज्जला र रश्मिलाले उजागर गरेको घटना सार्वजनीक भएको थियो । तर आरोपित स्थापितले भने त्यसलाई सामान्यीकरण गरेर उडाएका थिए । उनले त्यस बारेमा कुनै कानुनी उपचारमा समेत नजानुले स्थापितले यौन दुव्र्यवहार गरेको प्रमाणित हुन पुगेको छ ।

यौन दुव्र्यबहारबाट पीडित रश्मीलाले स्थापितलाई मेयरको उमेदवार बनाउने निर्णय बाहिर आएपछि लेखेकी छिन्, ‘बितेका २५ वर्षमा एमालेले काठमाडौंको मेयर बनाउन अरु कुनै नेता कार्यकर्ता नदेखेर यौन दुराचारीलाई नै भेट्टाएछ । यो खबर सुनेर मलाई निकै दुःख लाग्यो ।’ उनले एमालेले यौन दुराचारीलाई कार्वाही गर्नुका बदलामा पुरस्कृत गरेकाले एमाले पार्टी नै दुराचारीको संरक्षण गर्ने पाटीमा बदलीएको बताएकी छीन् ।

रश्मिलाले स्थापितले राखेको यौनसम्वन्धी प्रस्ताव अस्वीकार गर्दा उनलाई जागिरबाट निकालिएको बताएकी थिइन् । स्थापितले आफूले भनेको मानेमा प्रमोसन गराइदिने प्रलोभन देखाउँदै पटक पटक त्यस्तो प्रस्ताव गरेका थिए । तर उनले नमानेकै कारण जागीरबाट निकालिदिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved