राप्रपाका उम्मेदवारले खाए ‘भ्रष्टाचार नगर्ने’ कसम

  • वैशाख १३, २०७९
  • कालापानी मिडिया
alt

बिमल जैरु, डडेल्धुरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अमरगढी नगरपालीकाको प्रमुख र उपप्रमुख पदमा टिकट पाएका उम्मेदवारले आइतबार डडेल्धराुको सदरमुकाममा रहेको जोगेनि थान मन्दिरमा भ्रष्टाचार गर्नु आमाको रगत खानु सरहहो भन्दै कसम खाएका छन ।

आफ्नो मनोनयन दर्ता गर्न जानु भन्दा अगाडी मेयरको उम्मेदवार गणेस भन्डारी र उपमेयरकी उम्मेदवार कविता जोशीले कसम खाएका हुन । राप्रपाका केन्द्रिय सदस्य गोबिन्द खडायतले प्रमुख र उपप्रमुख पदका उमेदवारलाई भ्रष्टाचार मुक्त समाज निर्माण गरी सुशासन कायम गर्न कसम खुवाएका थिए ।

मेयर र उपमेयर सहित वडाका अध्यक्ष लगाएत चुनाव लडने सबैले एकै पटक कसम खाएका छन । मेयरका उम्मेदवार गणेस भन्डारीले मन्दिरमा बसेर राष्ट्र र राष्ट्रियताका लागि शपथ खाएको थिए ।

हाम्रो उम्मेदवारी अमरगढी नगरपालीकालाई भ्रष्टाचार मुक्त र सुशासन युक्त बनाउनका लागि हो । राजनीतिलाई शुद्धीकरण गर्नका लागि हो,’उनले भने, ‘गरिबहरूले पनि बाँच्न पाउने आधार हामी बनाउँछौँ । शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिन्छौं । स्मार्ट सिटी बनाउँछौँ भनेर झुट बोल्दैनौं राम्रो अमरगढी निर्माण गर्छौं । उनले भने भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो रोग भएकोले त्यसको अन्त्य राप्रपाले गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved