सुदूरपश्चिममा १५ जना जनप्रतिनिधि निर्विरोध (सूचीसहित)

  • वैशाख २५, २०७९
  • कालापानी मिडिया
alt

धनगढी । सुदूरपश्चिम प्रदेशमा १५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा दलित महिला सदस्यको कोटामा १२ र महिला सदस्यको कोटामा तीन जना निर्विरोध निर्वाचित भएका हुन्। एमालेका ७, काङ्ग्रेसका ४, माओवादी केन्द्रका २, एकीकृत समाजवादी र स्वतन्त्रबाट एकरएक जना निर्विरोध भएका हुन्।

जसमा बाजुराको बुढीनन्दा नगरपालिका-४ मा दलित महिला सदस्य कोटामा एमालेबाट उम्मेद्वार बनेकी २६ वर्षीया बसन्ती चदारा, वडा नम्बर १० मा एमालेबाटै उम्मेदवारी दिएकी ६० वर्षीया टुमरा दमाई, त्रिवेणी नगरपालिका-७ मा कांग्रेसबाट ६० वर्षीया औलादेवी लुहार र हिमाली गाउँपालिका-१ मा माओवादी केन्द्रकी उम्मेदवार ३६ वर्षीया रुपसरी कामी निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, बझाङको साइपाल गाउँपालिका-१ मा कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी ३६ वर्षीया सुरती कामी, वडा नम्बर ४ मा कांग्रेसबाटै ४२ वर्षीया अम्रिता कामी, केदारस्यूँ गाउँपालिका-४ मा दलित महिला सदस्य कोटामा स्वतन्त्र उम्मेदवारी दिएकी ५५ वर्षीया कन्थरीदेवी ओखेडा, केदारस्यूँ ७ की माओवादी केन्द्रबाट दलित महिला सदस्यकी उम्मेद्वार ५३ वर्षीया रम्भुदेवी कामी निर्विरोध निर्वाचित भएका छन्।

बझाङकै जयपृथ्वी गाउँपालिका-४ मा कांग्रेसबाट दलित महिला सदस्य कोटाकी उम्मेदवार ५५ वर्षीया पुतलीदेवी कामी र वडा नम्बर ७ की दलित महिला सदस्य कोटामा एमालेकी उम्मेदवार ५३ वर्षीया सन्तोला चुनारा, थलारा गाउँपालिका-६ मा एकीकृत समाजवादीबाट महिला सदस्यको कोटाकी उम्मेदवार ३४ वर्षीया सुनीतादेवी गिरी, वडा नम्बर ८ मा एमालेबाट ४३ वर्षीया जमुनादेवी खड्का, मष्टा गाउँपालिका-७ मा एमालेबाट दलित महिला सदस्या कोटामा उम्मेदवार ५१ वर्षीया हिमकला दमाई निर्विरोध भएका छन्।

दार्चुलाको अपिहिमाल गाउँपालिका-३ मा एमालेबाट दलित महिला सदस्य उम्मेद्वार २४ वर्षीया सोभा टमटा, दार्चुलाकै मार्मा गाउँपालिका-५ मा एमालेबाटै महिला सदस्य कोटाकी ३४ वर्षीया कमला महता पनि निर्विरोध निर्वाचित भएका छन्। आयोगले सार्वजनिक गरेको विवरणलाई हेर्दा सुदूरपश्चिममा कुनै पनि पदमा पुरुष निर्विरोध निर्वाचित नभएको देखिएको छ।

121

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved