चितवनमा जगन्नाथ पौडेललाई सघाउने पूर्वसांसदसहित कांग्रेसका पाँच सदस्य निलम्बित

  • वैशाख २९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्वसांसदसहित पाँचजनालाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।
कांग्रेसले पार्टीका पूर्वसांसद भीमबहादुर श्रेष्ठ, नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, तरुण दलकै पूर्वजिल्ला सचिव आनन्दराज राउत, कांग्रेस क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र क्रियाशील सदस्य डा.केशव पौडेललाई निलम्बन गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा.प्रदीप पराजुलीले प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको केन्द्रीय निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारहरुका विरुद्ध क्रियाशील रही पार्टीको विधान र अनुशासनभन्दा बाहिर रहेर कार्य गरेको हुँदा तत्काल लागू हुने गरी पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएका हुन् ।

भरतपुर महानगरपालिकामा पाँच दलीय सत्ता गवठबन्धनबाट माओवादी केन्द्रकी नेत्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेनु दाहाल मेयर उम्मेदवार छिन् । उनी विरुद्ध कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पार्टी निर्देशनअनुसार उम्मेदवारी फिर्ता नगरेका पौडेलसँगै उनको उम्मेदवारीमा प्रस्ताव र समर्थन गर्नेहरुलाई समेत कांग्रेसले कारबाही गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved