बझाङको थलरामा एमालेले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष जित्यो

  • जेठ १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । बझाङको थलारा गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका उम्मेदवार र उपाध्यक्षमा गठबन्धन ९कांग्रेस० का उम्मेदवार विजयी भएका छन्।

जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमका अनुसार गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन्। पालिकाको अध्यक्षमा निर्वाचित एमालेका प्रकाश रोकायाले दुई हजार ७७४ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार कुलराज जोशीले दुई हजार ११३ मत ल्याए।

सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उमेदवार विनोद थापाले एक हजार २०३ मत पाएका छन्। उपाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका राम खाती विजयी भए। उनले तीन हजार १५० मत प्राप्त गरे। उनका निटकतम प्रतिस्पर्धी एमालेकी मीरा रावलले दुई हजार ५८७ मत ल्याएको गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved