पोखरामा एसियन टुर प्याराग्लाईडिङ वल्र्डकप सुरु

  • फागुन १२, २०७६
  • कालापानी मिडिया
alt

अनिता घिमिरे
पोखरा । पोखरामा एसियन टुर प्याराग्लाईडिङ वल्र्डकप आइतबार देखी शुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था र नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङको सहयोगमा आयोजना हुने विश्वकपमा फेडेरेशन अफ एरोनोटिक इन्टरनेशनल(एफएआई)बाट मान्यता प्राप्त पाईलटले प्रतियोगितामा भाग लिएका छन् ।

dsa

प्याराग्लाईडिङ वल्र्डकप टुरमा २० देशका ९० जना प्रतियोगितामा भाग लिएको नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ । विश्वका उत्कृष्ट पाईलटहरुले क्रसकन्ट्रीमा एकसाता प्रतिस्पर्धा गर्ने छन् । पहिलो दिन पाईलटलाई प्राक्टिस डे रुपमा राखिएको छ । प्रतियोगीहरुले पोखराको मौसम अनुकुल आफुलाई ढाल्नुपर्ने छ । पहिलो दिन पाईलटलाई वल्र्डकप टुरको बारेमा जानकारी दिने उद्देश्यले ब्रिफिङ गरेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँले सोमबारदेखि प्रतिस्पर्धा शुरु हुने र प्रत्येक दिन फरक फरक टास्क हुने भन्दै मौसमले नै टास्कको दुरी तय गरिने जानकारी दिनुभयो ।

para

पोखरामा एएफएआईट–२ क्याटगोरीको प्याराग्लाईडिङ प्रि–वल्र्डकप आयोजना भईसकेको छ । निरन्तर दुई वर्षसम्म प्रि–वल्र्डकप आयोजना गरिएपछि एफएआईले विश्वकपको लागि स्वीकृति प्रदान गरेको छ । प्रतीयोगीले सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौंदीमा अवतरण गर्ने छन् । प्रतियोगितामा भाग लिन अमेरिका, कोरिया, फ्रान्स, जापान, कोरिया, बेलायत, भारत, इरान, चेकोस्लोभाकिया, स्वीस, अष्ट्रिया लगायतका देशका पाईलटको सहभागिता रहेको छ । विश्वकपमा नेपाली १२ जना पाईलटले प्रतिस्पर्धा गर्ने छन् । विश्वकप टुरमा पाईटलले उपाधिसँगै अंक पाउने छन् । प्राप्त अंककै आधारमा एएफएआईले पाईलटको र्याङकिङ गर्ने आयोजकले जानाएको छ ।

asdv

एक्युरेसीमा सबैभन्दा कम अंक जोड्नेले उपाधि जित्ने छन् । क्रसकन्ट्रीमा भने आयोजकले तोकेको टास्क पुरा गर्ने खेलाडीले बढी अंक प्राप्त गर्ने छन् । तीनदिनसम्मको टास्कलाई जोडेर खेलाडीको विजेता घोषणा गरिने छ । प्याराग्लाईडिङमा हुने सम्भावित जोखिम न्युनिकरण गर्न नेपाली सेनाले रेस्क्यु गर्न तयारी छ । प्रतियोगितामा कोरोना भाइरसको प्रभाव परेको छ । चाइनबाट ११ जना सहित अन्य देशबाट पनि खेलाडीले पछिल्लो समयमा प्रतियोगितामा भाग नलिने जनाएका थिए ।

dsa 1

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved