हल्दिवारी १ मा राप्रपाको प्यानलै निर्वाचित,अध्यक्ष लिङ्देन विजय जुलुसमा सहभागी(तस्वीरहरु)

  • जेठ १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको गृह क्षेत्र हल्दिवारी गाउँपालिका वडा न १ मा राप्रपाको प्यानल नै निर्वाचित भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० लाई पछि पार्दै राप्रपाले जित हासिल गरेको हो । राप्रपाका तर्फबाट वडाधयक्षमा देवी प्रसाद थापा निर्वाचित भएका छन् । उनले नेकपा ९एमाले० का तर्फबाट उम्मेद्वार बनेका त्रिलोचन सापकोटालाई पराजित गरेका हुन्। सापकोटा २०७४ सालमा सोही वडामा निर्वाचित वडाध्यक्ष हुन् ।

यता वडा सदस्य पदमा राप्रपाबाट नै प्रकाश कार्की र कुलवहादुर वान्तवा निर्वाचित भएका छन् भने महिला सदस्यमा शान्ता खतिवडा सिवाकोटी र दलित महिला सदस्यमा रुपादेवी रसाइली निर्वाचित भएका छन् ।

आफ्नो वडामा राप्रपा विजयी भएपछि अध्यक्ष लिङ्देन विजय जुलुसमा सहभागी भएका छन् । लिङ्देन निर्वाचनपछि पनि झापामै रहेका छन् । यस्तै हल्दिवारी गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम छ ।

281407324_5142010435912282_8712979586632899773_n 281455236_5142010412578951_5528890691376500017_n 280098363_1158802101602040_7640661114448209114_n 281482123_1158802178268699_3031669972384626083_n 280753240_1158802118268705_8551090731838433780_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved