भ्रष्टाचार मुद्दामा निलम्बित माओवादीका वडाध्यक्ष गाउँपालिका अध्यक्षमा फेरी निर्वाचित, सपथ गराउने विषय नै अन्यौल

  • जेठ ६, २०७९
  • कालापानी मिडिया
alt

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका माओवादी केन्द्रका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कि नगराउने भन्ने अन्योल भएको छ ।

विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुुद्दा विचाराधीन रहिरेका बेला उनी फेरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि सपथ ग्रहण गराउने वा नगराउने भन्ने विषयमा निर्वाचन कार्यालयका अधिकारी अन्योलमा परेका हुन् ।

कैलालीका मुुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु निर्वाचन प्रक्रियामा सहभागी भएर उनिहरु विजयी भइसकेपछि भ्रष्टाचार सम्बन्धी अदालतमा मुद्दा विचाराधीन रहेको कुरा जानकारीमा आएकोले के गर्ने भन्ने अन्यौल भएको बताउछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख रामबहादुर कुरुम्बाङले मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई तत्कालीन वडा नम्बर २ को अध्यक्ष भएका बेला भ्रष्टाचार मुद्दा लागेको र अहिले विशेष अदालतमा मुद्दा विचाराधीन रहेको पुष्टि गरे ।

‘भ्रष्टाचार मुुद्दा लागेपछि कुुनै पनि राष्ट्र कर्मचारीले सरकारी कामकाज गर्न पाउदैनन् । जननिर्वाचित व्यक्ति पनि राष्ट्र सेवक भएका कारण उनिहरुले मुद्दाको अन्तिम फैसला नभएसम्म जनप्रतिनिधिको रुपमा काम गर्न पाउदैनन्’ कुरुम्बाङले भने।

उनले भ्रष्टाचार मुद्दामा अभियोग लागिसकेपछि जनप्रतिनिधिका रुपमा सपथ ग्रहण गर्न समेत नपाउने बताउँदै तत्कालीन अवस्थामा निलम्बन गरिएका व्यक्तिले पुनः सोही भूमिकामा काम गरेको अवस्थामा नियन्त्रणमा लिइने समेत जानकारी दिए ।

अवैध रुपमा नदीजन्य वस्तु ढुङ्गा, वालुवा उत्खनन गरेर सरकारी राजश्व हिनामिना गरेको आरोप उपाध्याय माथि छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस मुद्दामा मोहन्याल गाउँपालिकाका तत्कालीन अध्यक्ष दिंवगत नवलसिंह रावलसहितका १४ जनप्रतिनिधिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ५६ लाख रुपैयाँ बिगो माग दाबीसहित अदालतमा आरोप पत्रमा दायर गर्ने बेला उपाध्याय वडा नम्बर २ को वडाध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved