ओलीको गृह नगर दमकमा राप्रपाका राम थापको जित पक्का

  • जेठ ६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकाको प्रमुख पदमा राम थापा विजय हुने संकेत देखिएको छ। पछिल्लो गणनामा थापाले निरन्तर अग्रता कायम राखेका छन्।
१० वटा वडा रहेको यस नगरपालिकामा मतगणना सम्पन्न हुन वडा न ६ मात्र बाँकी रहेको छ। वडा न ६ राप्रपाको सुरक्षित वडा मानिन्छ। त्यसैलेपनि अव राप्रपाले जित्ने पक्का भएको आंकलन गर्न थालिएको हो ।

धेरैले ओलीको वडाबाट एमालेले अग्रता दिलाउने अपेक्षा गरेको भए पनि अहिले पनि राप्रपाका थापाले एमालेकी मेयर उम्मेदवार गीताकुमारी पौडेल अधिकारीभन्दा ४०३ मतले अग्रता लिएका छन्।

धेरैले ५ नम्बर वडालाई एमालेको गढ माने पनि यो वडाबाट एमालेले राप्रपाको ८७० को मतान्तरलाई उल्टाउन सकेन।

५ नम्बर वडाबाट एमालेका मेयरले २१२४ मत प्राप्त गरेकी छिन्। यस्तै राप्रपाले १६५७ मत पाएको छ।

अहिलेसम्म राप्रपाका थापाले १६२२७ र एमालेकी गीताकुमारीले १५८२४ मत पाएकी छन्।

तर एमालेकी मेयरले यो वडामा वडाध्यक्षले जति मत पाएकी छैनन्। एमालेका निर्वाचित वडाध्यक्षले २४२६ मत पाएका छन्। यो भनेको मेयरले पाएको भन्दा ३०२ मतले बढी हो।

यदि वडाध्यक्षले पाएको मत बराबर मेयरले पनि पाएको भए एमालेले राप्रपासँगको मतान्तर १०१ मा झार्ने थियो।

कुल १० वडामध्ये दमकमा वडा नम्बर ६ को मत गन्न बाँकी छ। यो वडामा २७५४ मत खसेको छ।

६ नम्बर वडामा गठबन्धन र एमालेको अवस्था बराबरी रहेको एमाले नेतहरू बताउँछन्। त्यसैले ओलीकै ५ नम्बर वडाले एमालेलाई जिताउनेमा उनीहरू आशावादी थिए। तर ५ नम्बर वडाको मतगणना सकिँदा पनि राप्रपाको अग्रता कायम रहँदा परिस्थिति थप रोचक बनेको छ।

गठबन्धनका नेताहरूको भने ५ नम्बर वडामा अग्रता जोगाउन सके जित आफ्नो पक्षमा हुने विश्लेषण छ।

‘वडा नम्बर सातको नतिजा आउँदा हामी साढे चारदेखि पाँच सय मतको अग्रतामा हुन्छौ,’ कांग्रेस झापा ५ का क्षेत्रीय सभापति दुण्डीराज भण्डारीले भने, ‘तर ६ मा बराबरी अवस्था रहेका कारण हामीले चुनाव जित्ने निश्चित छ।’

उपमेयरमा पनि कांग्रेसकै रेगिना भट्टराईकै अग्रता छ। उनी १५७२९ मतसहित एमालेकी अम्वीकाप्रसाद खनालभन्दा अघि छिन्। खनालले भने १५५३२ मत ल्याएका छन्।

यसपालि दमकमा छ दलीय गठबन्धनबाट राप्रपाका राम थापा मेयरका साझा उम्मेदवार छन्। त्यसैले पनि सुरुदेखि नै दमकमा गठबन्धन र एमालेबीच कडा टक्कर रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved