विजय जुलुस ननिकाल्न बालेनको आग्रह

  • जेठ ११, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेन्द्रले आफ्नो जित पक्का भएसँगै विजय जुलुस नगर्न सबैलाई आग्रह गरेका छन् ।

बालेनले आफ्नो जित हुने सुनिश्चित भएसँगै आफ्नो निर्वाचन प्रक्रियामा सहभागी हुने सबैलाई धन्यवाद दिँदै आ-आफ्नो ठाउँबाट सबैले धन्यवाद र्‍याली निकाल्ने तर विजय जुलुस नगर्न आग्रह गरेका हुन्। यस्तै उनले आफूले निर्वाचन घोषणापत्रमा उल्लेख भएका काम पूरा गर्न सकेको दिन मात्र विजय जुलुस निकाल्न आफ्ना समर्थकलाई आग्रह गरेका छन् ।

बालेन्द्रले आफ्नो फेसबुक पेजमा लेख्भोका छन्, जित-हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।

काठमाडौं महानगरमा अहिलेसम्म एक लाख ७१ हजार ८०२ मत गणना हुँदा बालेनले ५५ हजार ७४५ मत प्राप्त गरेका छन् । बालेनले आफ्ना निकट प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई २० हजार ३७६ को फराकिलो मतान्तरले पछि पारेका छन् । सिंहले ३५ हजार ३७१ मत प्राप्त गरेकी छिन् । यस्तै एमाले उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved