क्रिकेट खेलाडी र कर्मचारीको तलब बढ्यो, हेर्नुस कसको कति ?

  • जेठ ११, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली क्रिकेट खेलाडी र मैदानका कर्मचारीको तलब बढेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठकले केन्द्रीय सम्झौतामा रहेका पुरुष तथा महिला खेलाडी र क्यान अन्तर्गतका मैदानमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको हो ।

क्यानले पुरुष खेलाडीको सबै ग्रेडमा समान मासिक १० हजार रुपैयाँका दरले बढाएको छ । यसअघि ए ग्रेडका खेलाडीले ५० हजार, बी ग्रेडका खेलाडीले ४० हजार र सी ग्रेडका पुरुष खेलाडीले ३० हजार रुपैयाँ पाउँदै आएका थिए ।

त्यस्तै महिलातर्फ सी ग्रेडमा रहेका खेलाडीको पाँच हजार, ए र बी ग्रेडमा रहने खेलाडीको ६ हजार रुपैयाँको दरले बढेको छ । यसअघि सी ग्रेडका महिला खेलाडीले १० हजार र बी ग्रेडका खेलाडीले १२ हजार रुपैयाँ तलब पाउँदै आएका थिए ।

यस्तै मैदानका सम्पूर्ण कर्मचारीको तलब तीन हजार, कार्यालय सहयोगीको पाँच हजार र पिच क्युरेटरको तलब मासिक ६ हजार रुपैयाँका दरले बढेको छ ।release_WAYGV9ch8J

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved