यौन दुराचारीलाई आउट गरेकोमा मतदातालाई धन्यवाद-रश्मिला

  • जेठ ११, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं महानगरमा मेयर पदका प्रत्यासी केशव स्थापितविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाउँदै आएकी रश्मिला प्रजापतिले उनको पराजयप्रति खुशी व्यक्त गरेकी छिन्।

सामाजिक सञ्जालमा स्थापितको नाम उल्लेख नगरी उनले यौन दुराचारीलाई भोट आउट गरेकोमा काठमाडौं महानगरका मतदातालाई धन्यवाद दिएकी छिन्। स्थापितलाई काठमाडौंमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेलगत्तै प्रजापतिले आफूलाई स्थापितले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक गरेकी थिइन्।

त्यसपछि स्थापितले हरेक कार्यक्रम र अन्तरवार्ताहरुमा यो आरोपमा स्पष्टीकरण दिनुपरेको थियो। तर उनले दुर्व्यवहार गरे नगरेको नभनी २५ वर्ष अगाडिको कुरा अहिले चुनावका बेला योजनावद्ध तरिकाले उचालिएको जवाफ दिँदै हिँडेका थिए।

२५ वर्ष अघि काठमाडौंकै मेयर हुँदा स्थापितले यौन दुर्व्यवहार गरेको रश्मिलाको आरोप छ। त्यसबखत उनी महानगरकै कर्मचारी थिइन्। स्थानीय तहको निर्वाचनले काठमाडौंका मतदाताले कुनै पनि प्रकारको दुर्व्यवहारलाई साथ दिँदैन भन्ने कुरा पुष्टि गरेको उनको भनाइ छ।

‘काठमाडौं महानगरपालिकाका मतदाताहरूमा यौन दुराचारीलाई भोट आउट गरेकोमा धन्यवाद१ काठमाडौं निकै सचेत छ, आफूमाथि कसैको अनावश्यक हस्तक्षेप सहँदैन।’ उनले लेखेकी छिन्, ‘काठमाडौंका मतदाता धेरै विवेकी छन्, कुनै प्रकारको दुर्व्यवहारमा साथ दिंदैन भन्ने दरिलो प्रमाण भएको छ यौन दुराचारीको हार। २५ वर्ष पछि काठमाडौं महानगरपालिका परिवर्तन उन्मुख छ।’

उनले मेयर पदमा विजयी बालेन साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएकी छिन्।

r

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved