सरकारको नीति तथा कार्यक्रम चुनावलक्षित मात्रै भएको राप्रपा अध्यक्ष लिङदेनको आरोप

प्रधानमन्त्रीले आफ्नो गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्ने विषय नीति तथा कार्यक्रममा पारेको भन्दै व्यंग्य

  • जेठ १३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरूको चुनावलक्षित कार्यक्रम मात्रै भएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै सांसद लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा रासायनिक मल किन्न नपाएका किसानले अर्को वर्ष पाउने सुनिश्चितता नभएको जिकिर गरे।

उनले शैक्षिक सत्र शुरु भइसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दै नीति तथा कार्यक्रममा अर्को वर्ष समयमै पाठ्यपुस्तक पाउने नीति नसमेटिनु दुःखद् भएको बताए।

‘मैले नीति तथा कार्यक्रम कसरी बन्छ भनेर विगत ५ वर्ष यता हेरिरहेको छु। पाचौं पटक प्रधानमन्त्री हुने मौका पाउनुभएका प्रधानमन्त्रीले वा आफ्नो सरकारले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नीति तथा कार्यक्रममा आफ्नो जिल्लामा मेडिकल कलेज स्थापना गर्ने ल्याउनुभयो। मन्त्रीजीहरूको जिल्लामा ठूला ठूला बाटाहरू बनाउने नीति कार्यक्रममा छ। देशको नीति कार्यक्रम यही होरु मैले यसो सम्झन्छु, यो नीति कार्यक्रमभित्र मैले मेरो गाउँका मानिसहरू वर्षा लाग्यो, खेतीबाली लगाउने बेला भयो, पैसा तिरेर एक बोरा युरियाको मल किन्न पाउँदैनन्, उनले भने, तिनीहरूको बारेमा यो नीति कार्यक्रममा कहाँ छ कुरा।

अर्को साल मल पाउने कुराको सुनिश्चितता कहाँ छरु कहीँ देखिन्न नीति कार्यक्रमले त्यस्तो विषयहरू छुनु पर्छ कि पर्दैनरु प्राथमिकताहरू कसरी निर्धारण हुन्छन्रु हाम्रो देशको प्राथमिकता के होरु हामीले हाम्रो देशको प्राथमिकता यो हो भनेर भन्ने सबैभन्दा माथिको ठाउँ कहाँ होरु शैक्षिक सत्र शुरु भइसक्यो, पाठ्यपुस्क विद्यालयमा पुगेको छैन। अर्को साल विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक पाउनेछन् भन्ने सुनिश्चितता खैरु त्यतातिर त गएन, चुनाव आउँदैछ त्यसैले सबैले आफ्नो आफ्नो योजना टिपाइहालौँ भनेर नीति कार्यक्रममा टिपाएको छ।’

सांसद लिङ्देनले देशको अहिलेको प्राथमिकतालाई निर्वाचनमुखी कार्यक्रमको संज्ञा दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved