५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना खोप चाँडै दिने तयारी

  • जेठ १३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सरकारले पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्ध फाइजर खोप दिइने भएको छ।

अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेश चौरसियाले बताए। असारभित्रमा कोभ्याक्स सुविधामार्फत नेपालले ८४ लाख मात्रा खोप प्राप्त गर्न लागेको उनले जानकारी दिए।

उनले भने, ‘खोप जुनमा नेपाल आइपुग्ने भनिएको छ। खोप आएको केही दिन भित्रमै बालबालिकालाई खोपको पहिलो मात्रा लगाउन सुरु गर्ने तयारी गरिएको छ।’ चौरसियाका अनुसार खोप दुई लटमा नेपाल भित्रिने छ।

उनले भने, ‘पहिलो लटमा १० देखि १५ लाख खोप आउँछ। त्यसपछि दोस्रो लटमा बाँकी खोप आउने छ। त्यो भन्दा बढी भण्डारण गर्नका लागि हामीसँग कोल्ड चेन नभएका कारण खोप लट–लटमा आउने छ।’

दुई मात्रा लगाउनु पर्ने फाइजर खोप बालबालिकालाई पहिलो मात्रा लगाउन तयारी भइरहेको उनले बताए। नेपालमा पाँच वर्षदेखि एघार वर्षसम्मको संख्या करिब ३५ लाख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved