राप्रपा अध्यक्ष लिङ्देनले गरे ८१ औं पटक रक्तदान

  • जेठ १६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो छुट्टै पचिन बनाएका छन् । उनि राजनीति मार्फत मात्रै जनतामाझ बिझेका छैनन् बल्कि उनि समाजमा कसलाई कसरी सहयोग गर्न सकिन्छ आफ्नो बलबुताले भ्याएसम्म गर्छन् । जसमध्येको नियमितको रक्तदान पनि उनको परिचय हो ।

उनले हालसम्म ८१ औं पटक रक्तदान गरिसकेका छन् । आज मात्रै लिङ्देनले काठमाडौंमा रहेको तारामण्डल महिला सशक्तिकरण अभियानको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा सहभागिता जनाए र रक्तदान पनि गरे।

उनले रक्तदान गरेसंगै आफुलाई आनन्ददायक क्षण मध्ये रक्तदान गर्दाका क्षण भएको पनि उल्लेख गरेका छन् । ‘‘उनले सामाजीक संजालमा रक्तदान गर्दाको तस्वीर सार्वजनीक गर्दै भनेका छन्, आनन्ददायक क्षण मध्ये एक रक्तदान गर्दाका क्षण । आज तारामण्डल महिला सशक्तिकरण अभियान समेतको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा सहभागी हुंदै ।,,
यसरी हरेक तिन महिनामा रक्तदान गरिरहने लिङ्देनले आफुलाई मूलधारका प्रमुख दलका नेताहरुमध्ये सबैभन्दा स्वस्थ रहेको सन्देश समेत दिएका छन् ।

err

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved