जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा

  • जेठ १८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । ​सर्वकालिन महान खेलाडी बन्ने ध्याउनमा रहेका दुई टेनिस स्टार राफेल नाडाल र नोभाक जोकोभिचबिच मंगलबार राति भएको फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा स्पेनिस स्टार राफेल नाडालले बाजी मारेका छन्।

२२ औं ग्रान्डसलाम जितको लागि कोर्टमा संघर्ष गरिरहेका नाडालले २० ग्रान्डसलाम जितेका जोकोभिचविरुद्व संघर्षपूर्ण खेलमा जित हात पारे। १४ औं फ्रेन्च ओपन जितको यात्रालाई कायमै राख्ने क्रममा राम्रो सुरुवात गरेका नाडालले खेल ६-२, ४-६, ६-२ र ७-६ ९७-४० ले आफ्नो पक्षमा पार्दै रोलान्ड गारोसमा आफ्नो दबदबा कायमै राखे। नाडालले ४ घन्टा लामो संघर्षमा नतिजा आफ्नो पक्षमा पारेका थिए।

अब सेमिफाइनलमा नाडालले तेस्रो वरियताका अलेक्जेन्डर जेरेभको सामना गर्ने छन्। जर्मनी युवा स्टार जेरेभले लगातार दोस्रो वर्ष सेमिफाइनलमा स्थान बनाउने क्रममा टिनएजर कार्लो अलकाराजलाई पराजित गरेका थिए। जितपछि नाडालले भने 'जोकोभिचविरुद्वको जित सुरुवातबाट अन्तसम्म उत्कृष्ट फर्म बाहेक संभव थिएन।" 'उनले थपे जुन उत्साहका लागि कोर्टमा आउनु भएका तमाम समर्थकहरुप्रति नतमस्तक छु।"

३५ वर्षीय नाडालले यो रात आफ्ना लागि एक नाटकीय रातका रुपमा रहने समेत बताए। जितसँगै नाडालले अघिल्लो सिजन सेमिफाइनलमा जोकोभिच सँगको हारको बदला समेत लिएका छन्। जोकोभिचले पनि नाडालको प्रसंशा गर्दै उत्कृष्ट प्रदर्शन सुरुवातबाटै गरेको र जितका लागि नाडाल डिर्जरभिङ रहेको बताए। उनले भने 'दोस्रो सेटबाट मैले आफ्नो मोमेन्टम कायम गरे, मलाई लाग्योकी अब म खेलमा फर्किन्छु तर टेनिसलाई अर्को स्तरमा लैजाने स्तरको प्रदर्शन नाडालले गरे।"

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved