माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रचण्ड र नारायणकाजीले प्रशिक्षण दिने

  • जेठ १८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।

आज र भोलि काठमाडौं कमलपोखरीस्थित पुरानो कुमारी हलमा प्रशिक्षण हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। उनका अनुसार जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उदेश्यले प्रशिक्षणको आयोजना गरिएको हो। प्रशिक्षणको पार्टी अध्यक्ष दाहालले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ।

नवनिर्वाचित पालिका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, निर्वाचित केही स्वतन्त्र उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका नेता एवं पूर्व स्थायी समिति सदस्यहरु प्रशिक्षणमा सहभागी रहने मुख्यसचिव ढकालले बताए।

उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले राजनीतिक प्रशिक्षण दिने र लगत्तै पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले ‘स्थानीय सरकारको कानूनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’ विषयमा प्रशिक्षण दिने तय भएको माओवादी केन्द्रले जनाएको छ।

दुई दिने प्रशिक्षणमा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरूले प्रशिक्षण दिनेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved