मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम शनिबार

  • जेठ १८, २०७९
  • कालापानी मिडिया
alt

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शनिबार ल्याउने भएको छ । आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम यही जेठ २१ गते प्रदेश सभा सचिवालयमा प्रस्तुत गर्न लागेको हो ।

बजेट अधिवेशन यही जेठ १९ गते आह्वान गरिएको छ । जेठ २१ गतेको वैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार विगतका पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता र थप कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ । कृषि, स्वास्थ्य, शिक्षा, सिचाई तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याउन लागेको मन्त्री साहले जानकारी दिए ।

वैदेशिक रोजगारबाट फर्केका युवालाई प्रदेशमै रोजगारीका लागि अनुदान, कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नेलगायत कार्यका लागि अनुदानमूलक कार्यक्रम अन्य वर्षको तुलनामा बढी समेटिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved