पोखरा महानगरपालिकाकामा अन्तर्घात गरेको भन्दै एमालेले गर्‍यो तीन नेतामाथि कारबाही

  • जेठ १८, २०७९
  • कालापानी मिडिया
alt

पोखरा । नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकाका मेयर उम्मेदवार कृष्ण थापालाई हराउन खुलेआम गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको अडिओ रेकर्डका आधारमा तीनजना कार्यकर्तालाई कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्य रहेका छन् । पहारीले प्रदेश सांसद राजीव पहारीको समेत नाम लिँदै विपक्षी दलका उम्मेदवार धनराज आचार्य जिताउन टेलिफोनमा पैसाको समेत लेनदेन गरेको अडिओ सार्वजनिक भएको थियो ।

मनोज पहारीलाई संगठित सदस्यबाट लिनम्बन गरिएको छ । त्यस्तै पोखरा ३३ वडाका उपाध्यक्ष महेश अर्याललाई पदीय जिम्मेवारीसहित संगठित सदस्यबाट समेत निलम्बन गरिएिको जिल्ला अध्यक्ष मनबहादुर गुरुङले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

एमालेले पोखरा ३३ कै अर्का कार्यकर्ता प्रशान्त आचार्यलाई पनि निलम्बन गरेको छ । पोखरा महानरमा एमालेका मेयर उम्मेदवार हराउन जिम्मेवार नेता कार्यकर्ता नै खुलेर लागेको र विपक्षी उम्मेदवार धनराज आचार्यसँग विभिन्न युवा समूह र अन्य क्लबका नाममा पैसा लिएको आरोप छ ।

20222918998_capture

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved