अब प्रधानमन्त्री हुने पालो मेरो, शेर बहादुरजीले हुन्छ भन्नु भाछ-रामचन्द्र पौडेल

  • जेठ १८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अब प्रधानमन्त्री बनेर देशको कार्यकारी अधिकार लिएर आफुले राम्रो काम गर्ने बताएका छन्। राजनीति अस्थिरता, शुशासन, भ्रष्टचार, लोकतन्त्र र सामाजिक न्यायको कारणले नेपालमा विकास हुन नसकेको उनले बताए।

दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको क्षेत्रसमेत हो । २०७४ को स्थानीय तह निर्वाचनमा राप्ती गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको थियो । यसपटक माओवादी केन्द्रले राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर स्वास्थ्य सेवाको क्षेत्रमा सक्रिय प्रकाश विष्टलाई उम्मेदवार बनाएको थियो । विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेललाई १ हजार १९८ मत अन्तरले हराए । पोखरेलले ५ हजार ७०० मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार जदगदम्बा कुमारी पोखरेलले ४ हजार ११९ मत मात्र पाइन् ।

आफुहरु गठबन्धन नगरी गएको भए यो भन्दा रामो मत नआउने र संविधान, लोकतन्त्र, परिर्वतन र मुलुकलाई स्थिरतामा ल्याउन गठबन्धन गरेकोे पनि उनले बताए। आफुले यो देशको कार्यकारीको अधिकार लिएर काम गर्ने चाहना भएकोले आफु अहिले पनि राजनीतिमा सक्रिय भएर लागिपरेको पनि उनले बताए।उनले भने-म केही गर्न चाहान्छु, म त यो देशमा कार्यकारी अधिकार लिएर यो देशको राष्ट्रको उधार गर्ने चाहान्छु, अहिले सम्म प्रधानमन्त्री चलाउँनेहरुको काम हेरेको छु, मलाई खस्स-खस्स लागे चाहि म नढाटि भन्छु, मलाई केही गर्न मन छ र मा अझै पनि पोलिटिक्समा सक्रिय छु’।

उनले अगाडी थपे, ‘अहिले पनि म केही गर्न चाहान्छु, यो देशको लागि म यो देशको लागि कुनै खास सिस्टम बसार यो देशलाई विकासको जग बसाएर यो मुलुकलाई एउटा बाटो दिन चाहान्छु’।‘मंसिरमा गठबन्धन सहित कंग्रेसले सत्ताको नेतृत्व पाउछ, के तपाईनै प्रधानमन्त्री बनेर देश बनाउनुहुन्छ’ भन्ने प्रत्रकारको प्रश्नमा उनले भने, हो हुन्छ त्यो आशा नभएको कारण केही राजनीतिमा हुदैन, देउवाले दिन्छन् दिदैनन् अर्को कुरा आउँछ, ।

पाउने नपाउने कुरा अर्को हो, कर्ममा तिम्रो अधिकार छ फलमा अधिकार छैन, त्यो त म पनि मान्छु,फलमा मेरो अधिकार म अहिले हुन्छु भनेर ‘ग्यारेन्टी छैन, तर म एउटा लक्ष्य लिएर अगाडी बढेको मान्छे हो, म गर्न चाहान्छु गर्ने चाहाना मेरो देशको लागि केही गर्ने काम गरेर देशलाई राम्रो बनाएर देखाउँने मरो त्यो आंकाक्षा छ, कार्यकारी अधिकार प्रयोग गरेर नेपालको लागि एउटा निर्णायक गर्न मौका पाउँने हो भने केहीन केही देशको लागि उपलब्धी पूर्ण काम हुन्छ’।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved