प्रहरीको दमनमा स्व .राजा बिरेन्द्रको शालिक हटाइयो, प्रतिकारमा उत्रेका दर्जनौ युवा घाइते(भिडियो सहित)

  • जेठ १९, २०७९
  • कालापानी मिडिया
alt

नेपालगन्ज । नेपालगन्जको बिरेन्द्र चौकमा स्वर्गीय राजा बिरेन्द्रको सम्झनामा राखिएको शालिक हटाइएको छ । आज बिहानै राष्ट्रबादी युवाहरुले स्व राजा बिरेन्द्रको सम्झनामा बिरेन्द्र चौकमा बिरेन्द्र राजाको शालिक राखेका थिए । तर, प्रहरीको दमन र दर्जनौं हवाई फायर पछि राखिएको शालिक हटाएको हो ।

शालिक हटाउने प्रहरीको दमन विरुद्ध आवाज उठाउने दर्जनौ युवालाई प्रहरीले पक्राउ गरेको छ भने दर्जनौ युवाहरु घाइते भएको नेपालगञ्जबाट राप्रपाका नेता ऋसिराज देवकोटाले हाम्रो कालापानीलाई जानकारी दिएका हुन् । त्यस क्रममा बिरेन्द्र चौक क्षेत्र केही बेर तनाव ग्रस्थ बनेको थियो ।

नेता देवकोटाले जनतामाथिको दमनको सरकारले हिसाव लिनुपर्ने बताउदै सम्पुर्ण राष्ट्रबादी युवाहरुलाई संयम्ता अपनाउदै प्रतिकारको रणनीति बनाऊन आग्रह गरेका छन् । उनले ईतिहासको सम्झना र संरक्षण गर्ने हरकोही नेपालीको कर्तव्य भएकाले सरकारको यो कदमको घोर निन्दा गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved