नेपालगञ्जको घटनालाई लिएर राजा ज्ञानेन्द्र शाहद्वारा दुःख व्यक्त

  • जेठ १९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौंः बाँकेको नेपालगञ्जस्थित वीपी चोकमा सालिक राख्ने क्रममा भएको दुखद् घटनालाई लिएर राजा ज्ञानेन्द्र वीर विक्रम शाहले दुःख व्यक्त गर्नुभएको छ ।

राजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै वीरेन्द्र चोकमा स्वत स्फूर्त सहभागितामा एक राष्ट्रवादी र प्रजातन्त्र प्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुर्नस्थापना गर्ने कार्यप्रति अवरोध पुर्याइएको घटनाबाटप्रति द्ःख व्यक्त गरेको हो ।

जारी विज्ञप्तिमा ज्नसुकै बिचार, दर्शन अवलम्वन गरिएको देशको निम्ति विशिष्ठ योगदान पुर्याउने महानोभावहरुको स्मरण गर्ने परम्परा विश्वव्यापी रुपमा चलिआएको भन्दै त्यसैले इतिहासको त्यस्तो आदर्श तथ्यलाई भुलेर मौसुफको सालिक स्थापनाको विषयमा नेपालगञ्जमा जुन प्रकारको अप्रिय घटना भयो त्यो अत्यन्त दुःखदायी भएको उल्लेख छ ।

साथै इतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्वारा प्रस्तुत भएका स्मरणीय विषय विधी उसै मर्दैनन् भन्ने कुरा सवैले बुझ्नु पर्दछ भन्ने उल्लेख गरिएको छ ।

यसैबीच वीरेन्द्र शाहको वंश विनाश भएको दिनको सम्झना बिहीबार देशभर बिभिन्न कार्याक्रम आयोजना गरी उक्तको सम्झना कार्यक्रम आयोजना गरिनुका साथै वेलुका दिप प्रजवलन समेत गरिएको छ ।

२०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको आज २१ वर्ष पूरा भएको हो । पारिवारिक जमघटका क्रममा घटना घटेको घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको मृत्यु भएको थियो ।

यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रम लगायतको पनि मृत्यु भएको थियो । हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

समितिले दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरेको र अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved