गठबन्धनको गीत नगाउन नेकपा एसका अध्यक्ष माधव नेपालको निर्देशन

  • असार ६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको गीत नगाउन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ ।

आईतवार समाजवादी प्रेस संगठन नेपालले काठमाडौंमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले स्थानीय तहमा आशा गरेअनुसारको परिणाम गठबन्धनबाट नआएकोले गठबन्धनको गीत नगाउन पार्टी पंक्तिहरुलाई निर्देशन दिनुभएको हो ।

उहाँले गठबन्धनको गीत गाउन छोडेर आफ्नो पार्टीलाई सबै जिल्लाका स्थानीय निकायहरुमा मजबुत बनाउने कुरामा लाग्न पनि आग्रह गर्नुभयो । अध्यक्ष नेपालले आगामी मंसिरमा नै प्रदेश र संघीय चुनाव हुने भन्दै त्यसलाई आधार मानेर सिट व्यवस्थापनको कुरामा छलफल चलाउनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

अध्यक्ष नेपालले स्थानीय तहमा गठबन्धन पेचिलो हुने अनुभव बटुलेको भन्दै प्रदेश र प्रतिनिधि सभाको चुनावमा सिट बाँडफाँडमा कठिनाइ नहुने बताउनु भयो । उहाँले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहमति गरेर र सहमति नजुटेको ठाउँमा एक्लाएक्लै चुनाव लड्ने बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved