ध्यान दिनुहोस्, धेरै सुत्ने मानिसमा क्यानसरको जोखिम हुनसक्छ

  • असार ७, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सीः धेरै सुत्ने मानिसमा क्यान्सरको जोखिम हुने एक अध्ययनले देखाएको छ।

जापानमा गरिएको अध्ययनअनुसार दैनिक १० घण्टाभन्दा बढी सुत्ने महिला तथा पुरुषमा क्यान्सरको जोखिम धेरै हुने गरेको पत्ता लागेको हो। नयाँ खोजले पुरुष दैनिक ६ देखि ८ घण्टा र महिला ६ देखि ९ घण्टा सुत्नु उत्तम हुने देखाएको छ।

काम गर्ने मध्यम उमेरका वयस्कहरूलाई कम्तीमा ८ देखि ९ घण्टा सुत्न अनुसन्धानकर्ताको सल्लाह छ। चार वर्ष लगाएर गरिएको अध्ययनले एशियालीहरूमा क्यान्सरको मृत्युदर उच्च रहेको देखाएको छ।

शोधकर्ताले दुई लाख ७१ हजार ६९४ जनामा अध्ययन गरेका थिए। यीमध्ये एक लाख २६ हजार ९३० पुरुष र एक लाख ४४ हजार ७६४ महिला थिए। तीमध्ये ४० हजार ७५१ जना क्यान्सरका बिरामी पनि रहेको जनाइएको छ।

अध्ययनअनुसार १० घण्टाभन्दा बढी सुत्ने महिलामा त्योभन्दा कम सुत्ने महिलाभन्दा १९ प्रतिशत बढी क्यान्सरको जोखिम देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved