कस्तो विडम्बना ! अश्लिल बोल्ने आलेः निलम्बनमा पर्ने अधिकारी

  • असार ७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरबाट अश्लील गालीसहित कुटपिटमा परेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको हो।


अनुभव र विज्ञताका आधारमा सरकारले उनलाई गत मंसिरमा कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो। आलेसँगको विवाद सार्वजनिक भएसँगै उनी नियुक्तिको ६ महिनामै निलम्बनमा परेका छन्।

गत शुक्रबार पर्यटनमन्त्री आलेले कार्यकारी अध्यक्ष अधिकारीलाई पहिले फोन गरेर र त्यसपछि आफ्नै कार्यकक्षमा बोलाएर अश्लील शब्द प्रयोग गरी गालीगलौजसँगै हातपात गरेको अडिओ मिडियामा सार्वजनिक भएको थियो।

आफूनिकट व्यक्तिहरूलाई कर्मचारी नियुक्त गर्न दिएको दबाबलाई पूर्ण रूपमा कार्यान्वयन नगरेपछि मन्त्री आलेले उनीमाथि त्यस्तो व्यवहार गरेको कुरा बाहिरिएको थियो। दुव्र्यवहारमा परेपछि कार्यकारी अध्यक्ष अधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मन्त्री आलेले आफूलाई ‘गोलीसमेत हान्ने धम्की दिएको’ भन्दै शान्ति सुरक्षाको माग गरेर निवेदन दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved