दुर्गा प्रसाइलाई नक्कली 'सुनको लौरो' दिने माक्तुम र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

  • असार ७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले आज भेटघाट गर्नुभएको छ ।

करिब एक घण्टा भएको भेटमा युवराजले नेपालबाट गएका युवाहरुले युएईको विकासमा महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । ‘

माक्तुमले अध्यक्ष ओलीको व्यक्तिगत रुपमा पनि प्रशंसा गर्नुभएको थियो । अध्यक्ष ओलीले माक्तुमलाई नेपाल भ्रमण गरेकोमा एमाले र व्यक्तिगत तर्फबाट स्वागत गर्नुभएको थियो ।

उहाँले यूएई विकासमा फड्को मारेको देश भएकोले त्यहाँबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनुभयो । अध्यक्ष ओलीले राष्ट्रपति विद्या भण्डारीले केही समय पहिले यूएईको भ्रमण गरेको पनि स्मरण गराउनुभयो ।

भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईं यएईका कार्यवाहक राजदुत इब्राहिम अल मेहिरी लगायतको सहभागीता थियो ।

एमाले केन्द्रीय सदस्य एवं पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको निमन्त्रणामा माक्तुम तीनदिन अघि नेपाल आउनुभएको हो । दुईदिन झापा बसेर हिजो पोखरा जानु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved