नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति, वायुसेवाले आन्तरिक उडान बन्द नगर्ने

  • असार ८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति भएपछि आन्तरिक उडान नियमित हुने भएको छ ।

बुधबारको उडान सञ्चालन गर्ने विषयमा प्राधिकरणबीच मंगलबार मध्यरातमा सहमति भएको हो ।

प्राधिकरणका महानिर्देशकसहित वायुसेवा सञ्चालक संघका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता, नियमित उडान र हेलिकप्टरका प्रतिनिधिसहितको वार्तामा उडान नियमित गर्ने सहमति भएको बताइएको छ ।

वार्तामा वायुसेवाले आन्तरिक उडान बन्द नगर्ने र प्राधिकरणले पनि वायुसेवाका जायज माग सम्बोधन गर्न यथासक्य पहल गर्ने सहमति भएको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार आन्तरिक उडान खुला राखेर वार्तालाई निरन्तरता दिइने छ ।

छलफल आज मध्याह्न १२ बजे प्राधिकरण केन्द्रीय कार्यालयमा हुनेछ । वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गरी आजदेखि आन्तरिकतर्फका सबै उडान अनिश्चितकालका लागि ठप्प पार्ने घोषणा गरेको थियो ।

प्राधिकरणले पनि पत्रकार सम्मेलन गरी हवाइ उडान ठप्प पारे कारवाही गर्ने चेतावनी दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved