चितवनमा मह संकलन केन्द्र स्थापना

  • असोज १३, २०७६
  • कालापानी मिडिया
alt


प्रनिश थापा ।
चितवन ।
चितवनका तीन स्थानीय तहमा मह संकलन केन्द्र निर्माण गरिएको छ । नेपाली महको बजारीकरण र बाह्य महसँग प्रतिस्पर्धा गराउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (मौरी जोन) चितवनको अनुदान सहयोगमा केन्द्र स्थापना गरिएको हो ।
चितवनकोे खैरहनी नगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिकामा एक÷एक संंकलन केन्द्र निर्माण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ केन्द्र निर्माणका लागी कार्यालयले तीन स्थानीय तहमा ३४ लाख अनुदान सहयोग गरेको छ । यस्ले मुख्य गरेर चितवन र मकवानपुरमा ब्यवसायीक मौरीपालन गरेर बस्ने किसानहरूलाई मौरीपालन ब्यावसायी आधुनिकीकरणलाई प्रशोधन उन्मुख बनाउने छ ।
त्यस्तै, मौरी जोन सञ्चालन समितीका संयोजक धर्मराज लामाले नेपालमै पहिलो पटक मौरी जोनलाई चितवन ल्याउन आफूहरु सफल भएको र यो राप्ती नगरपालिका, राक्सिराङ, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिकालाई कार्यक्षेत्र बनाएर कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।
नेपालमै पहिलोपटक जिल्लालाइ मौरीजोन केन्द्र स्थापना गर्दा किसानहरु समेत खुशी छन् । अरु पेशा भन्दा यो पेशा भने सहज हुने उनिहरुको भनाइ छ ।
संकलन केन्द्र स्थापना सँगै कार्यालयले मह संकलन हुने क्षेत्रका किसानलाई मेशिनरी औजार वितरण, तालिमलगायतका कार्यक्रम सञ्चालन गरेको छ । मौरी जोन अन्तर्गत पाँच समूहका ५५ कृषि फार्म र २१० जना व्यवसायिक मौरीपालक किसान आबद्ध छन् । आर्थिक वर्ष २०७५÷७६ बाट चितवनलाई नेपालकै पहिलो मौरी जोन घोषणा गरिएको हो । मौरी जोन सञ्चालनका लागि किसानहरुको नौ सदस्यीय सञ्चालक समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिएको छ । चितवनमा वार्षिक ८०० मेट्रिक टन मह उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved