राप्रपाको देशभर प्रशिक्षण अभियानः अध्यक्ष लिङ्देनको रणनीतिक प्रशिक्षण

  • असार १०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपाले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

शनिबारदेखि काठमाडौंमा सात वटै प्रदेशबाट सहभागी हुने नेताहरुलाई प्रशिक्षण दिन लागेको हो ।

स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा देशभरका कार्यकर्तालाई प्रशिक्षित तुल्याउने उद्देश्यले राप्रपाले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको छ ।

आइतबारसम्म चल्ने प्रशिक्षक प्रशिक्षणमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको अबको रणनीति विषयमा प्रशिक्षण दिनुहुने छ ।

त्यस्तै उपाध्यक्ष ध्रुब बहादुर प्रधान, प्राडा गिताभक्त जोशी, पूर्वमन्त्री निरञ्जन थापा, वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्य, प्रवक्ता भक्ति प्रसाद सिटौला, सहायक महामन्त्री रमानन्द न्यौपाने, केन्द्रीय सदस्य डा राजेश गिरी, अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहाल, आइटी विज्ञ विप्लव मान सिंह, रविन कटुवालले विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रम सकिनासाथ प्रदेश तहमा प्रशिक्षण सञ्चालन गर्ने, भातृ संगठनलाई प्रशिक्षण दिने लगाएतका योजनामा राप्रपा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved