मन्त्री परिवर्तनमा 'नो कम्परमाइज': अध्यक्ष नेपाल

  • असार १०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ ।

पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकपछि प्रवक्ता जगन्‍नाथ खतिवडाले मन्त्री हेरफेरमा असन्तुष्टि जनाउँदै केही नेताले पार्टी अध्यक्षलाई पत्र बुझाए पनि पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने बताएका हुन् ।

उनले शनिबार बस्‍ने बैठकमा यस विषयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले थप प्रस्ट पार्ने र मन्त्री परिवर्तन गर्ने यसअघिको निर्णय परिवर्तन नहुने बताउनुभएको हो ।

मन्त्री हेरफेरबारे प्रधानमन्त्री शेरबहादुर देउवाले नभ्याएको जानकारी गराएकाले सपथ हुन नसकेको उहाँको भनाइ छ ।

बैठकमा पार्टी अध्यक्ष नेपालले अबको निर्वाचनमा गठबन्धनबीच औचित्यका आधारमा मात्रै तालमेल हुने र सबैतिर उम्मेदवारी दिने तयारीसहित लाग्‍न निर्देशन दिएको प्रवक्ता खतिवडाले बताउनुभयो ।

पार्टीको केन्द्रीय कमिटी बैठक बस्‍ने र पार्टीको आगामी कार्यदिशाका बारेमा छलफल हुने समाजवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved