मन्त्रीबाट राजीनामा दिएकी रामकुमारी झाँक्रीको थामिएनन् आँशु

  • असार १२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्री पद छाड्नुपर्दा रोएकी छन्।

आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा उनको आँखाभरि आँशु झार्दै आफुले पार्टी निर्णय बमोजिम राजीनामा दिएको बताएकी हुन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाँक्री रोएपछि मन्त्रालयका कर्मचारीले मन्त्रालयको प्रगति विवरण सुनाएका थिए। त्यसपछि उनीहरूले मन्त्री झाँक्रीको बिदाइ गरेका थिए। झाँक्री शुरुदेखि नै भाव विह्वल थिइन्।

उनले आफू बोल्न सक्ने हालतमा समेत नरहेको बताइन्।

उनले मिडियाबाटै पार्टीले मन्त्री परिर्वतन गर्ने जानकारी पाएकाले पनि यसबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको जानकारी दिइन्। पार्टी फिर्ता लिने कुरालाई कार्यान्वयन गर्ने कुरा भए पनि बजेट पारित गर्न अहिलेसम्म पदमा रहेको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved